Posts

Showing posts from September, 2025

६१ औं राष्ट्रिय बालदिवस

Image
  "बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी" भन्ने नारा सहित ६१ औं राष्ट्रिय बालदिवसको सम्पूर्ण बालबालिकाहरुलाई हार्दिक शुभकामना !!!

विद्यालयको सामाजिक परीक्षण सार्वजनीकरण

Image
  श्री तिल्केस्थान गढी माध्यमिक विद्यालयको आ.व. २०८१/८२ को सामाजिक परीक्षण सार्जजनीकरण गरिएको छ । सामाजिक परीक्षण समितिका संयोजक अम्बिका श्रेष्ठको संयोजकत्वमा मन्थली नगरपालिका वडा न. ६ का वडाध्यक्ष श्री अशोककुमार तामाङज्यूको प्रमुख आतिथ्यतामा आज मिति २०८२ भाद्र २० गते शुक्रबार सार्वजनीकरण गरिएको हो । साथै नवनियुक्त शिक्षक श्री राजेश कर्ण र समिक्षा खड्काको स्वागत र ICT व्यवस्थापन कार्यक्रमको सार्वजनिक सुनुवाई पनि सम्पन्न भएको थियो । भेलामा विद्यालय विकास र गुणस्तरीय शैक्षिक वातावरण, विद्यालयकोे सामाजिक, आर्थिक, भौतिकका साथै अन्य समसामयिक विषयमा व्यापक छलफल भएको थियो । 

बालबालिकाको श्रीकृष्ण जन्माष्टमी

Image
हाम्रो कला संस्कृति हाम्रो पहिचान श्री तिल्केस्थान गढी माध्यमिक विद्यालय बेतिनी रामेछापमा बाल विकासका नानी बाबुहरुको कृष्ण जन्माष्टमीको दिन रमाउदै बालबालिकामा सिर्जनात्मक कार्यको लागि सहज हुने छ । स्थानीय स्तरमा हुने कला संस्कृति एवं मौलिक परम्परालाई आत्मसात गर्दै बालबालिकाहरुमा पनि यस्ता कार्यक्रमले आफ्नो मौलिक कला संस्कृति संरक्षणमा सहयोग पुग्ने छ । 

बगैचा निर्माण र बिरुवा रोप्न व्यस्त विद्यालय शिक्षक विद्यार्थीहरु

Image
श्री तिल्केस्थान गढी माध्यमिक विद्यालय बेतिनीका शिक्षक विद्यार्थीहरु आफ्नो विद्यालयको कक्षाकोठा अगाडी सुन्दर बगैचा निर्माणमा जुट्दै, अनि सोनिया को मुस्कान

श्री तिल्केस्थान गढी माध्यमिक विद्यालय बेतिनी आफैले तयार गरेको गमलामा फूल फुलाएपछि

Image
हाम्रो कला ः फूलसहितको गमला  श्री तिल्केस्थान गढी माध्यमिक विद्यालय बेतिनीमा रहेको हरित विद्यालय व्यवस्थापन समितिले विद्यालयको शिक्षक विद्यार्थीको सहयोगमा आफैले गमला निर्माण गरेर विद्यालय भवनको छतमा सुन्दर फूलहरु फूलाएर विद्यालय परिसरमा सुन्दरता थपेको छ । यसबाट विद्यार्थीहरुमा सिर्जनात्मक कार्य गर्ने क्षमताको विकास हुने र कम मूल्यमा आफैले सामान निर्माण गरेर लागत मुल्यमा व्यवस्थापन गर्न सकिने कुरा  समिति का संयोजकले    जानकारी  गराउनु भयो  ।   । 

प्रथम त्रैमासिक परीक्षाको सबै तयारी सम्पन्न

Image
मन्थली नगरपालिकामा सञ्चालनमा रहेको विद्यालयमा यहि मिति २०८२ भाद्र २२ गते आइतबारदेखि शैक्षिक सत्र २०८२ सालको प्रथम त्रैमासिक परीक्षा सुरु हुदैछ । मन्थली नगरस्तरीय परीक्षा समितिको प्रश्नपत्र व्यवस्थापनमा सम्बन्धित विद्यालयमा नै परीक्षा केन्द्र रहने गरि परीक्षा सञ्चालन हुन लागेको हो । 

विद्यालयमा सिर्जनात्मक कार्य

Image
श्री तिल्केस्थान गढी माध्यमिक विद्यालय बेतिनीले विद्यालयमा विद्यार्थीहरुको सहभागितामा आफैले गमला निर्माण थालेको छ । विद्यालयमा हरित विद्यालय बनाउन बगैँचा निर्माण गरेर विद्यालय प्रांगणमा हरियाली बनाउन लागि परेको छ भने आवश्यक स्थानमा आफैले गमला निर्माण गरेर फूलहरु रोपेर विद्यालयको शोभा बढाउन विद्यालय टिम लागि परेको छ । 

कार्य सम्पन्न भएको एक वर्ष नहुदै पहिरोको जोखिममा झोलुंगे पुल

Image
 कार्य सम्पन्न भएको  एक वर्ष नहुदै पहिरोको जोखिममा झोलुंगे पुल मन्थली नगरपालिकाको वडा न. ३ र ४ जोडने झोलुंगे पुल पहिरोको जोखिममा परेको छ । प्रदेश सरकारको लगानीमा बनेको सो पुल को मन्थली नगरपालिका वडा न. ३ पट्टिको अर्चले भागमा पहिरो जादा जोखिममा परेको हो । सम्बन्धित निकायको बेलैमा ध्यान जावोस ।