बगैचा निर्माण र बिरुवा रोप्न व्यस्त विद्यालय शिक्षक विद्यार्थीहरु
Get link
Facebook
X
Pinterest
Email
Other Apps
श्री तिल्केस्थान गढी माध्यमिक विद्यालय बेतिनीका शिक्षक विद्यार्थीहरु आफ्नो विद्यालयको कक्षाकोठा अगाडी सुन्दर बगैचा निर्माणमा जुट्दै, अनि सोनियाको मुस्कान
श्री तिल्केस्थान गढी माध्यमिक विद्यालयको आ.व. २०८१/८२ को सामाजिक परीक्षण सार्जजनीकरण गरिएको छ । सामाजिक परीक्षण समितिका संयोजक अम्बिका श्रेष्ठको संयोजकत्वमा मन्थली नगरपालिका वडा न. ६ का वडाध्यक्ष श्री अशोककुमार तामाङज्यूको प्रमुख आतिथ्यतामा आज मिति २०८२ भाद्र २० गते शुक्रबार सार्वजनीकरण गरिएको हो । साथै नवनियुक्त शिक्षक श्री राजेश कर्ण र समिक्षा खड्काको स्वागत र ICT व्यवस्थापन कार्यक्रमको सार्वजनिक सुनुवाई पनि सम्पन्न भएको थियो । भेलामा विद्यालय विकास र गुणस्तरीय शैक्षिक वातावरण, विद्यालयकोे सामाजिक, आर्थिक, भौतिकका साथै अन्य समसामयिक विषयमा व्यापक छलफल भएको थियो ।
श्री तिल्केस्थान गढी माध्यमिक विद्यालय बेतिनीले विद्यालयमा विद्यार्थीहरुको सहभागितामा आफैले गमला निर्माण थालेको छ । विद्यालयमा हरित विद्यालय बनाउन बगैँचा निर्माण गरेर विद्यालय प्रांगणमा हरियाली बनाउन लागि परेको छ भने आवश्यक स्थानमा आफैले गमला निर्माण गरेर फूलहरु रोपेर विद्यालयको शोभा बढाउन विद्यालय टिम लागि परेको छ ।
Comments
Post a Comment