बगैचा निर्माण र बिरुवा रोप्न व्यस्त विद्यालय शिक्षक विद्यार्थीहरु
Get link
Facebook
X
Pinterest
Email
Other Apps
श्री तिल्केस्थान गढी माध्यमिक विद्यालय बेतिनीका शिक्षक विद्यार्थीहरु आफ्नो विद्यालयको कक्षाकोठा अगाडी सुन्दर बगैचा निर्माणमा जुट्दै, अनि सोनियाको मुस्कान
हाम्रो कला ः फूलसहितको गमला श्री तिल्केस्थान गढी माध्यमिक विद्यालय बेतिनीमा रहेको हरित विद्यालय व्यवस्थापन समितिले विद्यालयको शिक्षक विद्यार्थीको सहयोगमा आफैले गमला निर्माण गरेर विद्यालय भवनको छतमा सुन्दर फूलहरु फूलाएर विद्यालय परिसरमा सुन्दरता थपेको छ । यसबाट विद्यार्थीहरुमा सिर्जनात्मक कार्य गर्ने क्षमताको विकास हुने र कम मूल्यमा आफैले सामान निर्माण गरेर लागत मुल्यमा व्यवस्थापन गर्न सकिने कुरा समिति का संयोजकले जानकारी गराउनु भयो । ।
श्री तिल्केस्थान गढी माध्यमिक विद्यालयको आ.व. २०८१/८२ को सामाजिक परीक्षण सार्जजनीकरण गरिएको छ । सामाजिक परीक्षण समितिका संयोजक अम्बिका श्रेष्ठको संयोजकत्वमा मन्थली नगरपालिका वडा न. ६ का वडाध्यक्ष श्री अशोककुमार तामाङज्यूको प्रमुख आतिथ्यतामा आज मिति २०८२ भाद्र २० गते शुक्रबार सार्वजनीकरण गरिएको हो । साथै नवनियुक्त शिक्षक श्री राजेश कर्ण र समिक्षा खड्काको स्वागत र ICT व्यवस्थापन कार्यक्रमको सार्वजनिक सुनुवाई पनि सम्पन्न भएको थियो । भेलामा विद्यालय विकास र गुणस्तरीय शैक्षिक वातावरण, विद्यालयकोे सामाजिक, आर्थिक, भौतिकका साथै अन्य समसामयिक विषयमा व्यापक छलफल भएको थियो ।
श्री तिल्केस्थान गढी माध्यमिक विद्यालय बेतिनीले विद्यालयमा विद्यार्थीहरुको सहभागितामा आफैले गमला निर्माण थालेको छ । विद्यालयमा हरित विद्यालय बनाउन बगैँचा निर्माण गरेर विद्यालय प्रांगणमा हरियाली बनाउन लागि परेको छ भने आवश्यक स्थानमा आफैले गमला निर्माण गरेर फूलहरु रोपेर विद्यालयको शोभा बढाउन विद्यालय टिम लागि परेको छ ।
Comments
Post a Comment